काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कैलालीको मोहन्याल गाउँपालिकामा बुधवार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको छ ।
उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार ९ : ५२ बजे
प्रतिक्रिया