‘एउटै नाउरको सिकार गर्न २३ लाख’

लुम्बिनीमा सिकलसेल बिरामीको निःशुल्क बीमा कार्यक्रम सुरु

बाँके। लुम्बिनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरूका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ ।

प्रदेश सरकारले सिकलसेलका बिरामीलाई उपचारमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिनुभयो ।

प्रदेश सरकारले बुधवार बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । 

प्रदेशका स्वास्थ्य मन्त्री खनाल र सहरी विकास मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गर्दै बीमा कार्यक्रमको सुरुवात गर्नुभयो  ।

लुम्बिनी प्रदेशका थारु समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा वंशाणुगत सिकलसेल र थालेसिमिया रोगको समस्या देखिने गरेको पाइएको छ । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ७ : ४६ बजे