सुनको मूल्यमा नयाँ कीर्तिमान

वीरगञ्ज महानगरपालिकाको बजेट तीन अर्ब ४६ करोड

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेटलाई रु तीन अर्ब ४६ करोड पुर्‍याएको छ । 

बुधवारदेखि सुरु भएको महानगरपालिको १४औँ अधिवेशनमा चालु आव २०८०र८१ को वार्षिक बजेटमा रु २५ करोड थप गरी रु तीन अर्ब ४६ करोड पुर्‍याएको हो ।  

चालु अधिवेशनले विनियोजन ऐन, २०८० मा समावेश भएको चालु आव २०८०र८१ को वार्षिक बजेट रु तीन अर्ब ४६ करोड पुर्‍याउने प्रस्ताव गरिएको महानगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । 

चौधौँ अधिवेशनको नगर सभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आवको बजेट थप गरेको हो । 

यस्तै नगर सभाले विभिन्न योजना तथा कार्यक्रम परिमार्जन पनि गरेको छ । नगर सभाले खानेपानीका लागि महानगरवासीको चार हजार घरधुरीमा धारा जडान गर्न रु ८० लाख थप बजेट छुट्याएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

भारतीय दूतावाससँगको सहकार्यमा महानगरका चार हजार घरमा धारा जडानका लागि थप बजेट छुट्याइएको उहाँको भनाइ छ । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरी धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम विनियोजन गरेको महानगर प्रमुख सिंहले बताउनुभयो । 

यस्तै नगर सभामा विभिन्न विधेयक पनि पेस गरिएको छ । वीरगञ्ज महानगर सभाको कार्य सञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्वद्र्धन विधेयक, सङ्घसंस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक सभामा पेस गरिएको छ । 

साथै बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजतसम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयक पनि पेस गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिनुभयो । आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेस गरिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ७ : ०३ बजे