‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हतियार प्रहार गरी आफ्नै साथीको हत्या

गोरखा– गोरखामा धारिलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ बर्षीय किसान परियार रहेको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिका–८ लामाचौरका २८ बर्षीय महेश भन्ने शमशेरबाबु पन्तको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताउनुभयो ।

गोनपा–१४ अकला मन्दिर नजिकै हिल कटेज नामक होटल संचालन गर्दै आएका पन्त आफैले संचालन गरेको होटलमा मृत अवस्थामा फेला परेका थिए ।

घटना लगतै फरार रहेका परियारलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा कलंकीबाट पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिनुभयो । कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ४३ बजे