क्रिकेटर लामिछाने उच्च अदालत जाने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने न्यायको लागि उच्च अदालत जाने भएका छन् ।

सन्दीपका वकिल सरोज कृष्ण घिमिरेका अनुसार कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जाने बताएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय  निर्धारण गरेको थियो ।

वकिल घिमिरेले सन्दिप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्युनतम सजाय होस भन्ने आफूहरुको भनाई रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : २२ बजे