‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चैतको पहिलो सातादेखि एसईई, सबै विषयमा ३५ नल्याए फेल

काठमाडौं। आगामी चैतको पहिलो हप्तादेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन लागेको हो ।

यो वर्षदेखि नन् ग्रेडिङ लागू हुनेछ । यसअघि ग्रेडिङ सिस्टम थियो । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुन लागेको जानकारी दिए ।

अहिले नन् ग्रेडिङ सिस्टम भएकाले उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनुपर्ने उनले बताए । माघको पहिलो हप्ता रुटिन सार्वजनिक गरिने जनाइएको छ ।

अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : १२ बजे