काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ ।
बलात्कार आरोपमा दोषी ठहर भएका लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सजाय निर्धारणका लागि भएको बहस सकिएको हो ।
अबको केहीबेरमै लामिछानेमाथि सजाय तोकिनेछ । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।
जाहेरवालापक्षले अधिकतम तथा सन्दीपका वकिल पक्षले न्यूनतम सजाय माग गर्दै बहस गरिरहेका थिए ।
प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ४ : १४ बजे
प्रतिक्रिया