सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्से परिसूचक ९.५० अंकले बढ्यो, ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ – सोमबारदेखि बढ्न थालेको नेप्सेले आज पनि निरन्तरता पाएको छ।

बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा पुगेर बन्द भएको हो ।

नेप्सेमा आज ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रूपैयाँको सेयर कारोबार भएको छ भने ३०१ वटा कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटा कम्पनीकै मूल्य घटेको छ भने  ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन मनकामना स्मार्ट लघुवित्त, हिमालयन रिइन्स्योरेन्स,मुक्तिनाथ कृषि कम्पनी र नेपाल वयर हाउजिङको सेयरमूल्य सर्किट लेभलमा बढेको छ। 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात वटा समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ। 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : ४७ बजे