‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गुरुकाे दर्शन गर्न आएकाे भन्दै सीआईबी कार्यलय घेरे बम्जनका समर्थकले

काठमाडौँ । विवादित तपस्वी रामबहादुर बम्जन पक्राउ परेसँगै उनका समर्थकहरू महाराजगञ्जमा भेला भएका छन् । 

आफ्नाे धर्ममाथि प्रहरीले हस्तक्षेप गरेकाे भन्दै उनीहरुले महाराजगञ्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालय घेरेका छन् । 

उनीहरुले गुरुलाई समातेर आफूहरुकाे आस्थामाथि आक्रमण गरेकाे आराेप लगाएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीईबी) ले मंगलबार बम्जनलाई पक्राउ गरेको थियो । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जन ‘अपरेशन ब्लु’ मा पक्राउ परेसँगै उनका समर्थकहरू बुधबार बिहान करिब ११ बजेदेखि समर्थकहरू भेला भएका हुन् ।

करिब १५० को संख्यामा रहेका उनीहरूले आफूहरू गुरु (बम्जन) को दर्शन गर्नका लागि आएको बताएका छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : २८ बजे