‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यो सरकार हनु भनेको मुलुक बरबादी तर्फ जानु हो : शंकर पोखरेल 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले रोजेको शक्तिले शासन गर्न नपाएको कारण जनतामा निराशा बढेको बताउनुभएको छ । 

नेकपा एमाले गुल्मीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धनको नाममा जालझेल गरेर जनताले रोजेको शक्तिलाई बाहिर राख्ने काम भएको पोखरेलले बताउनुभयो । लोकतन्त्रको यो कमजोरीलाई सच्याउने सामर्थ्य निर्माण गर्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मात्र जनताको निराशा चिर्न सकिने र देशलाई विकासको मार्गमा अघि बढाउन सकिने पोखरेलले प्रष्ट पार्नुभयो । 

अहिलेको जनादेशले मूलकलाई स्थिरताको बाटोमा लैजान नसक्ने पोखरेलले बताउनुभयो । वर्तमान सत्ता गठबन्धन सबै हिसाबले असफल भएको पोखरेलले दाबी गर्नुभयो । ‘यो गठबन्धन जनमतबाट पनि अस्वीकृत भइसकेको छ र कर्मद्वारा पनि असफल भइसकेको छ, यो सरकार हनु भनेको मुलुक बरबादी तर्फ जानु हो’, पोखरेलले भन्नुभयो । 
गठबन्धन सरकारले अराजकता र अस्थिरता अन्त्य गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । नागरिकमा बढेका निराशा हटाउनको गठबन्धनसँग कुनै कार्यक्रम र योजना नरहेको उहाँले प्रष्ट पार्नुभयो । गठबन्धन सरकार निर्माण पछि सांस्कृतिक विगठनको क्रम पनि तीव्र रूपले बढेको उहाँले टिप्पणी गर्नुभयो । त्यस्तै अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थामा रहेको उहाँले बताउनुभयो । 

नेपाली राजनीतिका पुष्पकमल दाहाल छेपारो भन्दा पनि छिटो रङ्ग बदल्ने व्यक्ति भएको पोखरेलले बताउनुभयो । छेपारोले रङ्ग बदल्न मौसम परिवर्तन हुनुपर्ने भए पनि प्रचण्डलाई रङ्ग बदल्न मौसम पनि परिवर्तन हुनुपर्ने उहाँको टिप्पणी छ । 

फरक प्रसङ्गमा पोखरेलले नेकपा एमालेले मिसन ग्रासरुटबाट वडासम्मको पार्टीको अवस्था विश्लेषण गर्ने काम गरेको बताउनुभयो । त्यसैको आधारमा पार्टी व्यवस्थित योजना बनाएर अघि बढेको उहाँले प्रष्ट पार्नुभयो । 

नेकपा एमालले सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागी संकल्प यात्राले मुलुकको राजनीतिलाई गलत बाटोमा लैजाने कार्यलाई ब्रेक लगाइदिएको उहाँले दाबी गर्नुभयो । मुलुकलाई जातीय अतिवाद, धार्मिक अतिवाद तथा पश्चगमन तर्फ लैजाने प्रवृत्ति माथि सो यात्राले लगाम लगाइदिएको उहाँले बताउनुभयो । 

मध्यपहाडबाट मानिसहरूको बसाइसराई नरोकिएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । पूर्वाधार पहाड चढ्ने तर मानिस ओरालो झर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भनेर सो यात्रा आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो । सो यात्रा एमालेको मात्र नभएर देशकै यात्रा भएको उहाँले बताउनुभयो । मध्य पहाडलाई कसरी मानिस बस्न  लायक बनाउन सकिन्छ भन्ने कुरामा सबै क्षेत्रबाट सल्लाह सुझाव पार्टीलाई प्राप्त भएको उहाँले सुनाउनुभयो । 

यात्राको क्रममा मध्यपहाडको सांस्कृतिक विविधता पनि प्रकट भएको उहाँले बताउनुभयो । अत्यन्त छोटो समयमा नेपालको विविधता यात्राको क्रममा प्रकट भएको उहाँले बताउनुभयो । सांस्कृतिक विशेषतालाई एउटै मालमा उन्ने काममा यात्रा सफल भएको उहाँले दाबी गर्नुभयो । 

सरकारका गलत क्रियाकलापको विरुद्ध जुटेर प्रतिवाद गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । प्रतिपक्षमा रहेको बेलामा पनि सत्ता पक्ष, कथित नयाँ शक्ति र राजवादी भनिएकाहरूको प्रहारको निशाना पनि एमाले भएको उहाँले सुनाउनुभयो । यसको विरुद्ध एमाले प्रतिबद्ध भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : २३ बजे