सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

मंगलबार विश्व बैंकले विश्वको आर्थिक अवस्थासम्बन्धी सन् २०२४ को पहिलो रिपोर्टमा चालु आर्थिक वर्ष (सन् २०२३ को जुलाईदेखि सन् २०२४ को जुलाईसम्म)मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

रिपोर्टका अनुसार सन् २०२४ को अन्त्यसम्म विश्वले ३० वर्षयताकै सबैभन्दा सुस्त आर्थिक वृद्धि देख्ने उल्लेख गरेको छ । रिपोर्टले बढ्दो भूराजनीतिक तनावका कारण अर्थतन्त्रमा खतराहरू निम्तिने जोखिम कायमै रहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : १७ बजे