काठमाडौंबाट धनगढी उडेका दुई जहाज सुर्खेतमा अवतरण

काठमाडौं । काठमाडौंबाट यात्रुसहित धनगढीका लागि उडेका दुई जहाज सुर्खेतमा अवतरण गरेका छन् ।

श्री एयरलाइन्सको ३२१ र बुद्ध एयरलाइन्सको २५१ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेका हुन् । धनगढी जान मौसम खराब भएपछि दुई विमान धनगढीमै अवतरण गरेका हुन् ।

दुई जहाज अब सुर्खेतबाट धनगढी नगई काठमाडौं नै फर्कने बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ३९ बजे