दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

ल्याण्डक्रुजर गाडी किन्ने प्रक्रियामा थिए बम्जन

काठमाडौं । तपस्वी भनिने रामबहादुर बम्जनले पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको खुलासा भएको छ ।

बलात्कार र हत्या आरोप लागेका बम्जनले पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद प्रक्रिया अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार बम्जनबारे पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

बम्जनले बौद्ध श्रवण ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्न तीन करोड रुपैयाँ नगद भुक्तानी गरेको सीआईबीले खुलासा गरेको छ ।

हाल बम्जनले सेतो रंगको टोयटा गाडी र चारवटा मोटरसाइकल प्रयोग गर्ने गरेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : २० बजे