साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

जीवन्त म्युजिक अवार्डबाट थापा सम्मानित

काठमाडौं । काठमाडौंमा सम्पन्न दोस्रो जीवन्त म्युजिक अवार्डबाट वरिष्ठ ध्वनि सम्पादक किशोर थापा सम्मानित भएका छन् ।

लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा ध्वनि सम्पादकको रुपमा कार्यरत थापालाई जरुरी कुरा छ बोलको गीतबाट सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड प्राप्त भएको हो ।

उक्त गीतमा अर्जुन पोखरेलको सङ्गीत सुरेश वाग्लेको शब्द अन्जु पन्त सुरेश लामाको स्वर रहेको छ । तीन हजारभन्दा बढी गीतहरूमा ध्वनि सम्पादन गरिसकेका थापा नेपाली साङ्गीतिक क्षेत्रमा तीन दशकदेखि सक्रिय छन् ।

उनको ध्वनि सम्पादनमा सुप्रसिद्ध गायक गायिका प्रेमध्वज प्रधान उदित नारायण झा दिप श्रेष्ठदेखि अहिलेका अधिकांश गायक गायिकाको स्वर सुन्न सकिन्छ ।

नेपालकै एक विशिष्ट वरिष्ठ ध्वनि सम्पादकको रुपमा प्रख्यात किशोर थापासँगै उक्त अवार्ड विभिन्न ४५ विधाका सर्जकहरूलाई प्रदान गरिएको  थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् अग्रज सङ्गीतकार शम्भुजीत बास्कोटालगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : १४ बजे