जघन्य अपराधमा पक्राउ परेका तपस्वी बम्जनलाई ‘हाम्रो भगवान’ भन्दै पुगिन् पूर्वमन्त्री

​​​काठमाडौं। हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा पक्राउ परेका विवादास्पद  तपस्वी रामबहादुर बम्जनको समर्थनमा पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेकी छिन् ।

उनी बम्जन आफूहरूको भगवान भएको भन्दै प्रहरी कार्यालयमा पुगेकी हुन् । उनले सीआईबीलाई बम्जनलाई आफूहरूको जिम्मा लगाउन दबाव दिएकी थिइन् । तर,सीआईबीले त्यसो गर्न नमिल्ने भन्दै इन्कार गरेको हो ।

सीआईबीले बम्जनलाई सर्लाही पठाउने तयारी गरेको छ । पूर्वराज्यमन्त्री लामाले बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजान माग गरेकी हुन् । 

रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत उहाँले प्रहरी अधिकारीसँग मागसमेत गर्नुभएकाे छ । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ४५ बजे