पक्राउ परेका ‘तपस्वी’ बम्जनलाई सार्वजनिक गरिँदै

काठमाडौं । हिजो पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

उनलाई दिउँसो १ बजे महाराजगन्जस्थित सीआईबीकै कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई गएराति बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो । सार्वजनिक गरेलगत्तै बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाइने छ । उनीविरूद्व सर्लाहीमा मुद्वा दर्ता भएको छ ।

उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ४ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको आरोप छ ।

उनले बयानका क्रममा यसअघि आफू सिक्कीम, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमाबस्दै आएको बताएका छन् । १५ दिनअघि काठमाडौंमा परिवार भेट्न आएका उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ०६ बजे