सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलवार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ११ : ३२ बजे