सुनको मूल्यमा नयाँ कीर्तिमान

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता बुझाउन ३० दिनभित्र आवेदन दिन प्राधिकरणको निर्देशन 

​​​​​​​काठमाडौँ । लाइन काटेका उद्योगहरूले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता बुझाउन ३० दिन भित्र आवेदन दिन नेपाल विद्युत् प्राधिकरणले निर्देशन दिएको छ ।

प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिन भन्दै किस्ताबन्दी सुविधा दिएको हो । निर्णय अनुसार ती उद्योगहरूका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

प्राधिकरणले बक्यौता नतिर्ने ६१ वटा उद्योगमध्ये पुस ६ यता २४ वटा उद्योगको लाइन काटिसकेको छ ।त्यसमध्ये बक्यौताको किस्ता तिरेपछि हिमाल आइरनको भने लाइन जोडिएको छ ।  ६१ वटा उद्योगले प्राधिकरणलाई २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ४२ बजे