सुनको मूल्यमा नयाँ कीर्तिमान

यस वर्ष धानको उत्पादन २ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि

काठमाडौँ । यस वर्ष देशभर गरी धानको उत्पादन २ लाख मेट्रिक टनभन्दा बढीले बढेको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष देशभर ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको छ । 

गत वर्ष करिब ५५ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशत रहेको जनाइएको छ ।

प्रदेशगत हिसाबले यो वर्ष सबैभन्दा धेरै धान कोसी प्रदेशमा फलेको पाइएको छ भने कर्णालीमा न्यून धान फल्ने गरेको पाइएको छ । 

समग्र धान उत्पादन बढ्नुमा उन्नत बिउको उपलब्धता र प्रयोग, रोक किराको प्रकोपमा कमी, बाढी पहिरोबाट पर्ने नकारात्मक असरमा कमी, मल खादको उपलब्धतामा आएको कमी, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई मुख्य आधार मानिएको छ । तर धान बाली लगाइएको क्षेत्रफल भने ८ हजार ८ सय हेक्टर 

घटेको कृषि मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ३३ बजे