‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतबाट अवैधरुपमा भित्र्याइएका २० भैँसी र राँगा बरामद

वीरगन्ज । भारतबाट अवैध रुपमा ल्याइएको २० वटा भैँसी र राँगा सशस्त्र प्रहरीले वीरगन्जको रामगढवाबाट नियन्त्रणमा लिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाबाट सशस्त्र प्रहरीले ११ वटा भैँसी र ९ वटा राँगा नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी १३ नम्बर गणबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि गरी नेपाल तर्फ ल्याउँदै गरेको ४ लाख ५१ हजार मूल्य बराबरको भैँसी ११ वटा र राँगा ९ वटा नियन्त्रणमा लिएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले बताउनुभयो । 

सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरू भैँसी र राँगा छाडेर भागेको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले बताउनुभयो । नियन्त्रणमा लिइएका भैँसी र राँगाहरू वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाएर लिलाम समेत गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : ०० बजे