दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार विहान सञ्चारमन्त्री रेखा शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।

उनीमाथि अवैध कल बाइपास, टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)मा अनियमितता गरेको आरोप छ । यसअघि प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । 

खनाललाई २०७६ साउन ६ गतेको मन्त्रिपरिषद् बैठकले ५ वर्षका लागि नियुक्त गरेको थियो । उनको पदावधि आगामी साउनसम्म भए पनि खनालले करिब ६ महिना अगाडि नै राजीनामा दिएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ५८ बजे