सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मध्य भियतनाममा सैन्य प्रशिक्षण विमान दुर्घटना

हनोई । भियतनामको मध्य प्रान्त क्वाङ नामको डिएन बान शहरमा मङ्गलबार बिहान करिब ११ बजे सैन्य प्रशिक्षण  दुर्घटना भएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार विमान दुर्घटना हुनुअघि जहाजमा रहेका दुई पाइलटले प्यारासुटबाट हाम फालेका छन् ।

विमान बगैंचा नजिकैको खाली जमिनमा खसेको थियो । दुर्घटनास्थल नजिकैको बगैँचामा काम गर्दै आएका एक जना स्थानीय कामदार सो घटनामा घाइते भएका छन् ।

भीएन एक्सप्रेसका अनुसार दुर्घटनास्थलमा विमानको अगाडि र पछाडिका भागहरू एकअर्काबाट करिब २०० मिटर टाढा  उछुट्टिएको छ ।

उक्त सैन्य विमान वायु रक्षा – वायु सेनाको डिभिजन ३७२ द्वारा सञ्चालित रहेको बताइएको छ । सो विमान प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो।
 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ४४ बजे