राष्ट्रपति भवनमा घटस्थापना

निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि डा. गोविन्द केसी पुनः प्रहरी नियन्त्रणमा

काठमाडौँ । प्राध्यापक डाक्टर गोबिन्द केसीलाई प्रहरीले मंगलबार पुनः माइतीघर मण्डलबाट नियन्त्रणमा लिएको छ ।

विभिन्न माग राखेर माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्नेलगायतका माग राख्दै आएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ०६ बजे