राष्ट्रपति भवनमा घटस्थापना

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनुभएको छ ।

खनालले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाउनु भएको हो ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका खरिद प्रक्रिया, एनसेलको सेयर खरिदबिक्री लगायतमा उहाँको नेतृत्व विवादित बनेको थियो ।

उहाँमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलेसमेत छानबिन गरिरहेको थियो ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १ : १८ बजे