राष्ट्रपति भवनमा घटस्थापना

सरकारले आशा जगाउन नसक्दा १६ लाख नेपाली बिदेसिए

काठमाडौँ – सन् २०२३ मा देश छाड्ने नेपालीको संख्या १६ लाख तीन हजार आठ सय ३६ पुगेको छ ।

सोमबार अध्यागमन विभागले जारी गरेको तथ्यांकअनुसार सन् २०२३को सुरु देखी हालसम्म १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिएका हुन्  । 

अध्यागमन विभागका अनुसार नेपालबाट स्थायी बसोवास गर्ने उद्देश्यले ७१ हजार नेपाली बिदेसिएका छन् । यसरी स्थायीरुपमा   विदेश जानेहरु मध्ये ३६ हजार ६ सय ६३ पुरुष र ३४ हजार दुई सय ५१ महिला रहेका छन् ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार खाडी मुलुकबाहेक युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देश जाने नेपालीको मूल उद्देश्य नै स्थायी बसोवासका लागि हुने गरेको छ । स्थायी बसोवासका लागि नेपालीले डाइभर्सिटी भिसा (डिभी) परेर, ग्रिनकार्ड लिएर र स्थायी आवासको अनुमति (पिआर) लिएर बाहिरिने गरेका छन् ।

​​​​​​​ विभागको तथ्यांकअनुसार सन् २०२३ मा विदेश जाने नेपाली नागरिकको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई), दोस्रो गन्तव्य मुलुक भारत र तेस्रोमा कतार रहेको छ ।

पछिल्लो समय युवापुस्तामा आशा जगाउन नसक्दा सम्पन्न र सक्षम वर्गसमेत बिदेसिने लहर बढेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : ०६ बजे