सुनको मूल्यमा नयाँ कीर्तिमान

सेयर बजार ३६ अंकले बढ्यो, ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । अघिल्लो सेयर कारोबार दिन आइतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। आइतबार २६ अंकले घटेको नेप्से आज ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा कायम भएको छ।

यसदिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ताको किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँको कारोबार भएको छ।

७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिंगटी हाइड्रो पावर,मोदी इनर्जी,त्रिशूली जल विद्युत,मु्क्तिनाथ कृषि कम्पनी,नेपाल वेयरहाउस कम्पनी, हिमालयन रिइन्स्योरेन्स र तेह्रथुम पावरको सेयर  सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको  ५.४६ प्रतिशतले सेयर घट्यो।

सोनापुर २१ अर्ब बढीको सेयर कारोबार गरी शीर्षस्थानमा  रह्यो। यसैगरी माउन्टेन इनर्जीको १९ करोड,हाथवेको १६,एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १४ र नेफ्राको ११ करोड बढीको  सेयर कारोबार भयो।

कारोबारमा  आएका १३ उपसमूहमध्ये १२ को सूचक सकारात्मक देखिए। यसदिन म्युचुल फण्डको मूल्य भने ०.०१ प्रतिशतले घट्यो।

२१२ कम्पनीको मूल्य बढ्दा २९ वटाको घट्यो भने ५ को स्थिर रह्यो।
 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ४ : ११ बजे