सुनको मूल्यमा नयाँ कीर्तिमान

आज सुनचाँदी मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा सात सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ११ : १३ बजे