सुनको मूल्यमा नयाँ कीर्तिमान

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज हरियो अङ्गुर प्रतिकेजी २२० रुपैयाँ, कालो अङ्गुर ३२०, केरा १३०, अनार ३००, किवी २५०, एभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठुलो गोलभेँडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेँडा १०, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी ४५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँ, लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८०, हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यस्तै, तोरीको साग ४०, रायो साग ३०, चमसुर, पालुङ्गो,  मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ४१ बजे