‘एउटै नाउरको सिकार गर्न २३ लाख’

त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान

​​​​​​​काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ । 

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपतिमा नियुक्तिका लागि आज पुनः दरखास्त आह्वान गरेको हो ।

समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि पुनः आज दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशन भएको छ । 

यसअघि, समितिले पुस २० गते सार्वजनिक गरेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि चौतर्फी आलोचना भएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले पहिलो पटक प्रकाशन गरेको विज्ञापन रद्द गरी आज प्रावधान सच्याएर सूचना निकालेको हो । 

त्रिभुवन विश्वविद्यालयको आज प्रकाशित विज्ञापनमा उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ । 

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : २१ बजे