दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

काँग्रेसले टुङ्गो लगायो राष्ट्रियसभा उम्मेदवार

​​​​​​​काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा उम्मेदवारको टुङ्गो लगाएको छ ।

मध्यरातमा नेताहरूबीच सहमति जुटेसँगै काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १० उम्मेदवार टुङ्गो लगाएको हो । 

काँग्रेसले कोसीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । 

गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपाङ्गतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फ विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपाङ्गतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको काँग्रेसले पार्टीले जनाएको छ । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ०५ बजे