राष्ट्रपति भवनमा घटस्थापना

जङ्गली बँदेलको आक्रमणबाट बालक घाइते 

सल्यान । सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ५ दहगाउँका १४ वर्षीय सन्दिप वि.क घाइते भएका हुन् । 

घर नजिकै बाख्रा चराउन गएका वि.कलाई एक्कासी बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । बँदेलले विक.को हात र खुट्टामा घाउँ भएको र श्रीनगरमा उपचार भइरहेको उहाँको भनाई छ । 

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : ३३ बजे