‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

२९ लाखको अवैध औषधिसहित २ जना पक्राउ

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासी प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याउँदै गरेको  २९ लाख बराबरको औषधि बरामद गरेको छ। भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ चण्डालटोल नाकाबाट ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले आइतबार बिहान ६ पेटी औषधि बरामद गरेको हो । 

 

प्रदेश नं।३,०१–००२ च ८९९६ नम्बरको कारमा लुकाएर ल्याएको अवस्थामा २९ लाख ४९ हजार बराबरको औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो। बरामद भएका औषधिमा सलाइनमा प्रयोग हुने आइबी क्यानुला, विभिन्न रोगलगायत सर्जिकलसम्बन्धीका औषधिहरू रहेको बोहराले बताउनु भयो ।

 

औषधिसँगै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने विवेक पोखरेल र बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका– ५ टारी बस्ने  २९ वर्षीय अभिषेक खरेल रहेका छन् । 

 

नेपालको तुलनामा भारतमा धेरै नै सस्तोमा औषधि पाइने भएकाले भन्सार छलेर औषधि ल्याएको प्रहरीले जनाएको छ । उक्त औषधि काठमाडौं टिचिङ अस्पताल अगाडि रहेको आफ्नै मेडिकलमा लैजानका लागि ल्याएको प्रहरीले जनाएको छ ।कार सहित औषधि र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।खुला सिमाका कारण जिल्लाबाट विभिन्न अवैध सामान अन्त जाने गरेको छ

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ३५ बजे