सुनको मूल्यमा नयाँ कीर्तिमान

२६ अंकले घट्यो नेप्से परिसूचक , ५ अर्बमाथिकाे कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ६.१६ अंकले घटेको छ।

आज ३०४ कम्पनीको सेयर कारोबार भएको छ। ती कम्पनीका १ करोड ५२ लाख  ६८ हजार ३९९ कित्ता सेयर ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। तेह्मथुम पावरको १०, मुक्तिनाथ कृषिको ९.९९ र नेपाल वेयरहासको ९.९८ प्रतिशतले सेयर बढेको हो।

यसैगरी धवलागिरी लघुवित्त वित्तीयको ९.९६ र सिंगटी हाइड्रोपावरको ९.९६ प्रतिशतले मूल्य घट्यो। यसदिन मानुषी लघुवित्त वित्तीयका लगानीकर्ताले भने गुमाए।सो कम्पनीको ६.६९ प्रतिशतले सेयर घट्यो।

कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। हाथवे इन्भेष्टमेन्ट नेपालको १९ करोडको कारोबार हुँदा माउन्टेन इनर्जीको १५ करोडको सेयर कारोबार भयो।

आज १२ उपसमूहको सूचक नकारात्मक देखिदा हाइड्रोपावरको सूचक मात्रै सकारात्मक देखिएको हो। ​​​​​​​हाइड्रोपावरको १.०३ प्रतिशतले मूल्य बढ्यो। यसदिन १५९ कम्पनीको मूल्य घट्दा ८१ वटाको मात्रै बढ्यो। ६ कम्पनीको मूल्य स्थिर रह्यो।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ३ : २४ बजे