दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा आज अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको हो ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ । आयोगका अनुसार पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ भने पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्य तालिका छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।  

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ४५ बजे