दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चौतर्फी आलोचना भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको विज्ञापन रद्द

काठमाडौँ । चौतर्फी आलोचना भएपछि त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि गएको शुक्रवार आह्वान गरेको दरखास्त रद्द गरेको छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै पुस २० गते सार्वजनिक गरेको आफ्नै सूचना रद्द गरिएको जनाएको हो। 

त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित समितिले दरखास्तको ब्यहोरा राखेर विज्ञापन खोलेको थियो । यसमा चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिनुभएको थियो ।

शुक्रवार जारी गरिएको सूचनामा उम्मेदवारले दिने दरखास्तमा पेस गर्नुपर्ने कागजातको (ङ) नम्बर बुँदाप्रति धेरैले आपत्ति जनाएका थिए। जसमा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको, (वर्ष, महिना र दिनसमेत) ब्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि हुनुपर्ने भनिएको थियो । ,  

अब अर्को सूचना प्रकाशन भएपछि मात्रै त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढ्ने छ ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ०८ बजे