सुनको मूल्यमा नयाँ कीर्तिमान

रैथाने बालीको जगेर्ना गर्नुपर्नेमा जोड  

मुगु । कर्णालीको बिकट हिमाली जिल्ला मुगुमा रैथाने बालीको जगेर्ना गर्नु पर्नेमा  जोड दिन थालिएको छ ।

स्थानीय किसानहरूले रैथाने बालीको खेती गर्न सुरु गर्नुका साथै मार्सी, फापर, कागुनोचिनो कोदो लगायतका बालीको प्रवर्द्धन गर्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

पछिल्लो समयमा महत्त्व बढ्दै गएपछि मार्से लगायत फापर, काउनी चिनोलगायतको खेती फेरी गर्न थालेका छौँ ।, छायानाथ रारा नगरपालिका वडा नं ७ का कृषक  हरिचन्द्र शाहीले बताउनुभयो  । 

खेती हराउँदै गइरहेका बेला त्यहाँ पुनः रैथाने बालीको आवश्यकता र महत्त्व बुझेर खेती गर्न थालिएको छ ।

जिल्लामा रहेको छायानाथ रारा नगरपालिका कृषि ज्ञान केन्द्र, नारी उत्थान तथा सचेतना केन्द्रलगायत अन्य विभिन्न सङ्घ संस्थाहरूले समाज र गाउँ बस्तीमा परम्परागत बाली संरक्षणमा सचेतना जगाएपछि जिल्लाका कृषकहरू पुनः परम्परागत बाली संरक्षणमा स्थानीय कृषकहरू लागेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनुभयो । 

स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइवर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको रैथाने बालीहरू कोदो, मकै, फापर, सिमी, मास चिनो, कागुनो, मार्से  लगायतका बालीमा बढी हुने भएकाले संरक्षणमा जोड दिएको हो  ।  

जिल्लामा उत्पादित अर्ग्यानिक खानेकुरा उपभोग गर्न नारी उत्थान तथा सचेतना केन्द्रको सहयोगमा  परम्परागत खेती बाली संरक्षणमा आफूहरू जुटेको स्थानीय महिला कृषकहरूले बताएका छन् । 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : २५ बजे