सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गाजामा मृत्यु हुने प्यालेस्टिनीकोको सङ्ख्या २२ हजार ७२२ पुग्यो

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हजार ७२२ पुगेको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिवार जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन् । 

गत अक्टोबर ७ गतेको आक्रमण यता मृत्यु हुनेको कुल सङ्ख्या २२ हजार ७२२ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ५८ हजार १६६ पुगेको छ ।

यसै बीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिवार सेनाले गाजा सहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् ।

आद्रेईका अनुसार सेनाले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शङ्कास्पद सैन्य सामग्री र विस्फोटक पदार्थ भेटिएको बताउनुभएको छ । रासस-सिन्ह्वा 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : १६ बजे