सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

चीनले सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने

बेइजिङ  । चीनको नागरिक उड्डयन प्रशासनले सन् २०२४ मा चीन र संयुक्त राज्य अमेरिकाबीचको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने दिशामा काम गरिरहेको जनाएको छ।

विश्वका शीर्ष दुई अर्थतन्त्रहरूबीच नियमित, प्रत्यक्ष यात्रु उडानको सङ्ख्या प्रति हप्ता ६३ पुगेको छ भने। आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजना समेत बनाइएको छ । साथै, सन् २०२४ मा चीनले 'बेल्ट एण्ड रोड' परियोजना जोडिएका देशहरूसँग हवाई ट्राफिक अधिकारको व्यवस्थालाई सक्रिय रूपमा विस्तार गर्नेछ र मध्य एसिया, मध्य पूर्व र अफ्रिकासँगको सहकार्यलाई अझ गहिरो बनाउने उड्डयन प्रशासनले जनाएको छ ।

प्रशासनले भिसा र सीमा नियन्त्रण नीति सुधार गर्न र भन्सार क्लियरेन्स प्रक्रियालाई थप सहज बनाउन पनि काम गर्ने बताएको छ । रासस(सिन्ह्वा

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : १० बजे