‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बरहथवा घटनाको छानबिन गर्न गृहले बनायो तीन सदस्यीय समिति, मृतकका परिवारलाई दस लाख दिइने

काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा भएको घटना विषयमा छानविन समिति बनाएको छ। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको हो।

गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नेछ। त्यस्तै घटनामा मृत्यु भएका ३२ वर्षीय जयशंकर साहको परिवारलाई राहतस्वरुप दस लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रवक्ता भट्टराईले बताए। 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ५ : ४८ बजे