‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई महिलासहित सात जना पक्राउ 

राजविराज । सप्तरीको ग्रामीण क्षेत्रमा यौन व्यवसाय सञ्चालन भइरहेको पाइएको छ ।

प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित एक होटेलबाट यौन व्यवसाय गरेको आरोपमा दुई महिलासहित सात जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाको वडा नम्बर ५ पातोस्थित कुनाल कोल्ड स्टोर एण्ड होटेलबाट गए राति दुई महिला र पाँच जना पुरुषलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो  । पक्राउ परेकामध्ये दुई पुरुष भारतीय छन् ।

फरार भएका होटेलका सञ्चालकको खोजी गर्दै यस सम्बन्धमा अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : ४६ बजे