‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

म्याग्दीमा ७० वर्षीया वृद्धाको हत्या, दुई जनाको अवस्था गम्भीर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङमा आज दिउँसो ढुंगाको छपनी प्रहार गरेर एक जना वृद्धाको हत्या भएको छ। दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन्। 

छप्पनी प्रहार गरेर मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए।  

७ वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन्। प्रियंका मनिषाकी नातिनी र अमृता छिमेकी हुन्। मनिषालाई छप्पनी प्रहार भएको देखेर बचाउन गएका प्रियंका र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाई भागेका थिए। घाइते दुई जनालाई दरवाङबाट हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ। दरवाङ प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको थियो। प्रियंकाको अवस्था गम्भीर रहेको छ। एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको प्रनाउ कुँवरले बताए।  

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : ३४ बजे