राष्ट्रपति भवनमा घटस्थापना

माइतीघरको निषेधित क्षेत्रबाट डा.केसीसहित ७ जना प्रकाउ

काठमाडौं । डा. गोविन्द केसीसहित ७ प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोड्न खोज्दा डा.गोविन्द केसीसहितका प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट प्रहरी नियन्त्रणमा लिएको हो ।

सशस्त्र द्वन्द्व पीडितलाई न्यासशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउन,नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने  लगायतका  माग राख्दै माइतीघरमा धर्ना दिन पुगेका उनीहरूलाई प्रहरीले प्रकाउ गरेको डा केसीका सहयोगी प्रितम सुवेदीले बताए।

सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायत माग राख्दै डा. केसीसहित प्रदर्शनकारी माइतीघरमा प्रदर्शन गर्न पुगेका थिए ।

उनीहरू माइतीघरमा नारा लगाएर निस्कनेबितिकै प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै नियन्त्रणमा लिएको हो ।

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १२ : ४३ बजे