दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सर्लाहीको बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा आदेश थप

​​​​​​​काठमाडौँ । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा आदेश थप गरेको छ। 

स्थानीय अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर शुक्रवार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रवार साँझदेखि बरहथवा नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको थियो। आज बिहान ८:०० बजेसम्म जारी गरिएको निषेधाज्ञा आदेश  आज पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। 

आज बिहान ८:०० बजेदेखि आइतबार बिहान ८:०० बजेसम्मको लागि  निषेधाज्ञा आदेश थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जारी गरेको सूचनामा उल्लेख छ। 

शुक्रवार दिउँसो झडपपछि प्रहरीले चलाएको गोली लागेर जयशंकर साहको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ज्यान गुमाएका साहको शव अहिले पनि घटनास्थलमै छ। स्थानीयले भने निषेधाज्ञा आदेश उल्लङ्घन गर्दै आज बिहानैदेखि पुनः बरहथवा बजारमा प्रदर्शन सुरु गरेका छन्।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ९ : ३९ बजे