दलित गाउँका पहिलो शिक्षक

कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कोसी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको र तराईका थोरै स्थानहरूमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोसी र मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोसी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपात हुनुका साथै देशका तराई भू–भागका थोरै स्थानहरू बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जान सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध महाशाखाले गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ०९ बजे