सुनको मूल्यमा नयाँ कीर्तिमान

भृकुटीमण्डपमा नवौँ नेपाल काष्ठजन्य अन्तर्राष्ट्रिय प्रदर्शनी

​​​​​​​काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल काष्ठजन्य अन्तर्राष्ट्रिय प्रदर्शनी, २०८० शुक्रवारबाट सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्ल प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रालिद्वारा काठ व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी  सुरु भएको हो ।

प्रदर्शनीमा नेपालमा उत्पादित फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसहित मेलामा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रदर्शनी कक्ष रहेका छन् ।

प्रदर्शनीमा नेपाल, भारत, चीन, ताइवान, मलेसिया लगायतका मुलुकका कम्पनीहरू सहभागी छन् । नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सहज रूपमा उपलब्ध गराउने माध्यम प्रदर्शनी बन्ने आयोजकहरूले दाबी गरेका छन् । 

प्रदर्शनी यही आइतबारसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : १८ बजे