दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी

काठमाडौँ – सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

दिउँसोदेखि भएको स्थानीय दुई पक्षबीचको झडपमा एक जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन र थप घटना हुन नदिन कर्फ्यू लगाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

सिडिओ धमलाका अनुसार बरहथवा नगरपालिकाको वडा नं ५ र ६ का बजार क्षेत्रमा भोलि विहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : २४ बजे