राष्ट्रपति भवनमा घटस्थापना

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

जनकपुरधाम । सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशमातहत राख्न माग गर्दै भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। मृतकको पहिचान हुन सकेको छैन ।

पाँच राजनीतिक दलका नेता, कार्यकर्ताले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनलाई नगरप्रमुख कल्पना कटुवाल ले बेवास्ता गरेपछि स्थिति तनावग्रस्त भएको हो ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ०९ बजे