‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाली सेनाले पुनः निर्माण गरेको जितगढी किल्ला बुटवललाई हस्तान्तरण 

रूपन्देही ।  राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी किल्ला ठुला साम्राज्यसँग नेपाली सौर्य र कूटनीतिक चातुर्यताले ठुलो बलिदानबाट देश जोगाएको इतिहासको निशानी भएको बताउनुभएको छ ।

नेपाली सेनाले पुनः निर्माण गरेको ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुहुँदै उहाँले जितगढीलाई मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकस क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड् नसके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताउनुभयो । उहाँले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा  त्यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनुभयो । 

नेपाली सेनाले तीनै तहका सरकारसँग मिलेर जितगढी पुर्ननिर्माणसम्बन्धी गुरुयोजनाअनुसार पानीको फोहोरा, युद्ध झल्कने चित्र र एम्फी थिएटरलगायतका कामहरू गरेको थियो ।   जितगढीमा उति बेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका उजिरसिंहको पूर्ण कदको सालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमान्डरको अर्धकदको सालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराइएको छ । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ०५ बजे