‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अस्थायी शिक्षकसँग शिक्षा विधेयकमाथि छलफल : राहत शिक्षकहरूलाई स्वतः स्थायी गरिनुपर्ने माग

काठमाडौं । सामुदायिक विद्यालयमा पढाउने राहत शिक्षकहरूले आफूहरूलाई स्वतः स्थायी गरिनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा  विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्न आज बसेको बैठकमा सरकारले स्वतः स्थायी गर्नुपर्ने माग राखेका हुन् ।

नेपाल राहत शिक्षकका अध्यक्ष खेमराज अधिकारीले २० वर्षदेखि राहत रहेका शिक्षकलाई पाखा लगाउने गरी सरकारले विद्यालय शिक्षा विधेयक अघि बढाएको भन्दै  विधेयक संशोधन गरिनुपर्ने बताए । 

समितिका सभापति भानुभक्त जोशीले विधेयकमाथि सरोकारवाला सबैसँग छलफल गरेर मात्रै टुङ्गोमा पुग्ने बताए । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ५७ बजे