दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रहरी नायब निरीक्षक साउदविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

नेपालगञ्ज । बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

मैनापोखरस्थित इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएर गएको टोलीले प्रहरी नायब निरीक्षक पवन साउदलाई सेवाग्राहीबाट तीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मंसिर १२ गते नियन्त्रणमा लिएको थियो ।

 

साउदलाई तीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९१० ९ख० बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदावी लिई विहिबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । अनुसन्धानको सिलसिलामा प्रहरी नायब निरीक्षक साउदले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने कार्यको लागि तीस हजार रुपैयाँ घुस माग गरेको पाइएकाले उनी विरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ५२ बजे